सागर बेलबासे कपिलवस्तु
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति माधव घिमिरेको सभापतित्वमा कपिलवस्तुको जितपुर चोकमा दिप प्रज्वलन गरिएको छ।
कार्यक्रममा संस्थाका संस्थापक जिल्ला सभापति गोविन्द पोखरेल पूर्व केन्द्रीय सदस्य दिलिप कार्की निवर्तमान जिल्ला सचीव बुद्धि सागर बेल्बासे,आजिवन सदस्य धातानन्द भुसाल,गोपाल घिमिरे ,लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो ।
संविधान दिवसको अवसरमा राखिएको उक्त दीप प्रज्वलन कार्यक्रममा गोविन्द पोखरेलले मौजुदा सुन्दर संवैधानिक व्यवस्थाका लागि मानव अधिकार तथा शान्ति समाजको उल्लेख्य भूमिका रहेको कुरा उदृत गर्दै यो व्यवस्थालाई बचाउनका निम्ति हरेक नागरिक सजक रहनुपर्ने कुरा जनाउनुभएको थियो। कार्यक्रम मा बोल्दै बुद्धिसागर बेलबासेले हजारौँको बलिदानीबाट प्राप्त भएको मौजुदा संविधान आफैमा बेठिक नभएपनि यसका व्यवस्थापकहरूले जनताका हितमा भन्दा आफू अनुकूल परिमार्जन गरिरहने कुराहरुमाथि हरेक नागरिक तथा अधिकारकर्मीहरु सधैं सचेत रहिरहनुपर्ने कुरा राख्नुभएको थियो। साथै कुनै पनि देशका संविधानहरु शिलालेख अथवा धर्मग्रन्थहरु जस्तै नभएकाले समय अनुकूल परिमार्जन गर्दै नागरिक र देशका हक हितका निम्ति सुधार्दै जनजिविकाको अवस्था परिवर्तन ल्याउनुपर्ने कुरामा परिमार्जन आवश्यक रहेको कुरा राख्नुभएको थियो। यसै संविधान र यसै व्यवस्थाभित्र रही यसै संविधान र यसै व्यवस्थाको विरोध गर्नसक्ने नागरिक स्वतन्त्रता भएको यो व्यवस्था र विधानलाई संरक्षण गर्नका लागि यस भित्र देखिएका भोगिएका केही अनावश्यक कुराहरुलाई समयानुकूल परिमार्जन गर्दै संविधान को रक्षाका लागिअगाडि बढ्नुपर्ने कुरामा हरेक राजनीतिक दल हरेक नागरिक तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने हरेक संघ संस्थाहरु चनाखो रहनुपर्ने कुराहरू राख्दै कार्यक्रम सफलता का लागि उपस्थित हुनुभएका सबै प्रती धन्यवाद सहित सभापति माधब घिमिरेले कार्यक्को समापन गर्नुभएको थियो।कार्यक्रम को संचालन जिल्ला सचिब शिव कार्किले गर्नुभएको थियो।
२०८१ आश्विन ४, शुक्रबार ०५:११
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech