काठमाण्डौ
एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेको छ । ठूलो वर्षापछि आएको बाढी र पहिरो प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएको एनसेलले जनाएको छ ।
विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज होस् भनेर निःशुल्क डाटा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ । निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेको अवस्थाको मूल्याङ्कन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएको छ ।
देशभर ठूलो वर्षापछि आएको बाढी र पहिरोले गर्दा नेपालीहरूले सामाना गर्नुभएको कठिनाइ र क्षतिप्रति एनसेलले चिन्ता व्यक्त गरेको छ ।