२०८१ कार्तिक १८, आईतवार १२:१५

काठमाण्डौ 

थाई एयर एसियाले आजदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान थालेको छ । बिहान ६ बजेर ५५ मिनेटमा थाई एयर एशियाको ए–३२० जहाज चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार यो जहाज ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरिसकेको छ । भैरहवा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी र पर्यटन व्यवसायीले बिहान स्वागत गरेका थिए । थाई एयर एशियाले भैरहवाबाट हप्ताको दुई दिन उडान गर्नेछ । अब कात्तिक २३ गतेदेखि हप्तामा दुईपटक नियमित उडानको तालिका छ ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी भाडादर १२ हजार रुपैयाँ छ । थाई एयर एशियाले काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित यसअघि उडान अनुमति फुकुवा गरिएको थियो ।

गएको कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । कम्पनीलाई हप्तामा काठमाण्डौबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको हो । भैरहवाको उडान बन्द गरेमा काठमाण्डौको उडान स्वतः रद्द हुने सर्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय