बुटवल । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुन पथ स्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् ।
गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत ९जुवा सट्टाबाजी० सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० नविन पौडेलले बताए । उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र इन्तरनेट राउटर २ थान समेत बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
‘वाट्सएप समेतको माध्यमबाट बिभिन्न नाममा अनलाइन् ग्रुप (टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप ) बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु lordsexchange, allpanel, allpanel777, saffron, taj007, classiccexch99, goexch9 लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) सञ्चालन गरिरहेको अवस्थामा १४ जना भारतिय नागरीक लाई पक्राउ गरिएको हो’, डीएसपी पौडेलले भने ।
पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षीय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षीय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षीय रजत कुमार रहेका छन् ।
त्यसैगरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षीय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अवधेश कुमार, १८ वर्षीय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षीय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षीय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएकाहरुलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।