२०८१ पुष २५, बिहीबार १५:२२

काठमाण्डौ 

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।

पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले गएको सोमवार पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै झन्डै ३० लाख ८० हजार रुपैयाँ असूल गरेको आरोप छ । पैसा लिएको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाउनुभएको थियो ।

अनिलकुमारले आफ्नो पहुँच भएको भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाइदिने आश्वासन दिएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय