२०८१ माघ २२, मंगलवार १७:३९

सागर बेल्बासे

कपिलवस्तु

भनिन्छ घर बलियो हुन जग बलियो हुनुपर्छ ।त्यस्तै हाम्रा ससाना नानिबाबुहरुको कोरा मानसिकता मा असल शिक्षा सहितको सुन्दर रङ्ग भरेर शैक्षिक र मानसिक जग बलियो बनाउन अत्यन्त मनमोहक वातावरणमा खेल्दै सिक्दै गर्ने सुविधाजनक पाठशाला बाणगङ्गा नगरपालिका वडा न। १ स्थित मन्द्रेली टोलमा आमा पाठशाला मन्टेश्वरी सञ्चालनमा आएको छ । शनिवार सरस्वती पूजाको अवसर पारि मन्टेश्वरी शिक्षाको सुरुवात गरिएको हो ।

मन्टेश्वरीको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले मन्टेश्वरीको महत्व र शिक्षा क्षेत्रमा यसको योगदानको चर्चा गरे । उनले भने, “शिक्षा भनेको समाजको पौराणिक धरोहर हो, र यसका माध्यमबाट हामी हाम्रा सन्तानलाई सशक्त बनाउने कार्यमा जुटिरहेका छौँ । मन्टेश्वरी जस्तो शैक्षिक संस्था सबैका लागि प्रेरणादायक बन्ने छ ।आजको कार्यक्रम मा बाणगङ्गा सामुदायिक पुस्तकालय का अध्यक्ष दिलिप कार्की,ब्यबस्थापक चित्रा भन्डारी,सचिब बुद्दिसागर बेल्बासे,राधिका आचार्य ,संरक्षक मण्डल का सागर प्रसाद श्रेष्ठ उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ,वडा नम्बर १ का महिला जनप्रतिनिधि टोपकला बि सि लगायत को उपस्थिति मा सेवाप्रदायक व्यावसायिक सफलता को शुभकामना प्रदान गरिएको थियो।


कार्यक्रममा बाणगङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख खिम बहादुर जिसीले आजको दिन शिक्षा र संस्कृतिको महत्त्वलाई पुष्टि गर्ने दिन भएको बताए । उनले आमा पाठशालाले साना बालबालिकालाई सही मार्गदर्शन दिनका लागि आफ्नो भूमिका निभाउ आग्रह गरे ।

मन्टेश्वरीका सञ्चालक राजु उपाध्यायले कार्यक्रमको क्रममा, “आमा पाठशाला मन्टेश्वरीलाई बालबालिकाको मानसिक, शारीरिक र बौद्धिक विकासमा योगदान पुऱ्याउनका लागि स्थापना गरिएको बतानुभएको छ।संचलक राजु उपाध्याय र चन्द्रकला उपाध्यायले साना विद्यार्थीहरूलाई आधुनिक र सांस्कृतिक शिक्षा प्रदान गर्न यश क्षेत्र का अग्रजहरुको सुझाब सल्लाह र सहयोग को अपेक्षा सहित आमा पाठशाला संचालनमा ल्याइएको जनाउनुभएको छ।उद्‌घाटन कार्यक्रममा बाणगङ्गा नगरपालिकाका विभिन्न प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय