सागर बेल्बासे कपिलवस्तु
ब्रह्माकुमारीज संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन गर्न सफल भएको छ ।



नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा स्थापित भएको छ ।यो संस्थाले भदौ ६ गतेदेखि भदौ ९ गतेसम्म का लागि नेपाल र भारत मा फैलिएका आफ्ना सयौ शाखाहरुको आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्य सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियान संचालन गरि एकै साथ १०० घन्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य सहित अभियान लाई निरन्तरता दिने जनाइएको छ।अभियान को पहिलो दिन भदौ ६ गते नेपालका विभिन्न शाखाहरुबाट एकै दिनमा ५०४७ पिन्ट रगत संकलन भएको यो संख्याले नेपाली इतिहासमा उच्चतम रेकर्ड सहित पहिलो दिनमै एतिहासिक उपलब्धि कायम गरेको छ।
निर्धारित यस अवधिभर नेपाल-भारतका सयौं स्थानमा हजारौं स्वयंसेवकहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
यस अभियानलाई सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वको ऐतिहासिक उदाहरणका रूपमा लिंदै कपिलवस्तु शाखामा पनि संस्थाकी प्रमुख सञ्चालिका आदरणीय राजयोगिनी राधिका दिदीज्यूको अध्यक्षता एवं बाणगङ्गा नगरपालिकाका नगरप्रमुख श्री चक्रपाणी अर्यालज्यूको प्रमुख अतिथ्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कपिलवस्तुको जितपुर शाखामा भएको कार्यक्रम मा पिपरा अस्पतालका अस्पताल व्यवस्थापन समितिका सदस्य डाक्टर धर्मराज त्यस्तै बाडगंगा नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख ठगराज पौडेल,लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद पौडेल नेपाल रेडक्रस सोसाइटी बाणगङ्गा शाखा अध्यक्ष शंकर पाण्डे लगायत को आतिथ्यतामा भएको कार्यक्रम मा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाणगङ्गा शाखाको रहेको थियो।
बिश्वका करिब १४० देश आध्यात्मिक गैरसरकारी संस्थाको रुपमा दर्ता भै बाह्र हजार भन्दा बढी सेन्टर सन्चालनमा रहिरहेका शिव बाबाको ज्वतिरस्वरुप र परमधाम लाई सबै धर्मले कुनै न कुनै हिसाबले अवलम्बन गरिराखेका ठोस मान्यतालाई यस संस्थाले परम आत्मा (परमेश्वर) शिव बाबा, परम धाम र ॐ शान्ती महामन्त्रका बिषयलाइ अत्यन्तै गहिरो तर सहज ढङ्गबाट प्रशिक्षित गराउदै बिगत लामो समयदेखि नै मानव जिवनका बहुउपयोगी क्रियाकलाप सहित यश क्षेत्रमा सेवा प्रदान गरिरहेको छ। उल्लेख्य सहभागिता सहित
जितपुर शाखाले गरेको आयोजनामा आज ६५ पोका रगत संकलन भएको प्रशिक्षक नवीन पन्थीले जानकारी गराउनुभएको छ।






