२०८३ बैशाख २१, सोमबार २२:४७

सागर बेल्बासे, बैशाख २१ कपिलवस्तु

पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूह वा.न.पा -२ पिपराको आयोजनामा महिला सशक्तीकरणका लागि बाध्यबाधन(मादल)बजाउने तालिम को सुरु भएको छ।कोठी महिला सेवा सामुदायिक बनको उपभोक्ता रहनुभएका ५ वटा टोल बाट २५ जना र समिति भित्र रहनुभएका ९ जना महिला सहित ३४ जना महिलाहरुका लागि १० दिन सम्म मादल बजाउने तालिम दिई गित संगीत संगै शिर्जनशिलताको बिकास गराउने उदेश्यले उक्त तालिम आयोजना गरिएको आयोजक संस्थाका लेखा समिति सदस्य लोक बहादुर क्षेत्रीले जनाउनुभएको छ। आज भएको कार्यक्रममा संस्थाका अध्यक्ष भिमसेन कार्कीको अध्यक्षता बाणगङ्गा नगर प्रवक्ता एबम वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेल ज्युको प्रमुख आतिथ्यता रहेको थियो। १० दिन सम्म संचालन हुने संगित शिक्षामा प्रशिक्षक प्रमुखको रुपमा नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानका अध्यक्ष बुद्दी सागर बेल्बासे र प्रशिक्षक रास्ट्रीय लोक दोहोरी प्रतिस्ठान कपिलवस्तुकि सदस्य रिदिमा राना रहनुहुनेछ।
कार्यक्रममा शुभकामना मन्तब्य सहित संक्षिप्त सांगीतिक परिचय दिदै कार्यक्रमका प्रमुख संगित प्रशिक्षक बुद्धि सागर बेल्बासेले गित संगित संसारको सबैभन्दा ठुलो अदृश्य शक्ति हो जस्ले जस्तोसुकै नास्थिक लाई पनि हल्लाउने सामर्थ्य बोकेको हुन्छ। गित संगित र शृजनशिलताका लागि १० दिने समय प्रयाप्त नभएपनी सामन्य सुर तालको प्रार्थमिक ज्ञानले हरेकको जिवनमा केही नयाँ आयाम थपी आगामी दिनमा स्वतस्फूर्त संगीतमा जोडिन प्रेरित गर्नेकुरा बताउनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी बिस्णु प्रसाद पौडेलले मादल बजाएर उद्घाटन गर्दै संगित शिक्षा प्रदान गर्ने कार्यप्रती आयोजक संस्थालाइ धन्यवाद प्रकट गर्दै अहिलेसम्म वडाभित्र रहेका संस्कृति तथा कलाप्रेमी समुहलाइ वडाबाट बाध्यबाधन तथा भेषभुशा प्रदान गरिएता पनि यस्ता प्रशिक्षण नदिएकाले अब दिदिबहिनीहरुले समुहगत रुपमा यस्ता शिक्षा लिन समयमै वडालाइ जानकारी गराउनुभएमा वडाबाट समेत यस्ता शृजनशिल र मनोरञ्जनात्मक कार्यक्रम लाई यथोचित सम्बोधन गर्ने घोषणा गर्नुभएको छ।साथै यो प्रार्थमिक शिक्षा संगै आआफ्ना गला कलालाइ ब्यबसाइकिकरणमा पुराउने लक्ष्य राखेर शिक्षा लिन आग्रह गर्नुभएको छ। आज भएको उद्घाटन सत्रको संचालन सचीव ममता रानाले गर्नुभएको थियो भने कार्यसमितिका राधा घिमिरे, ममता राना,राधिका कालिराज,बिष्णु कुमारी पौडेल,बिमला मल्ल शाही , सपना राना, जानका गैर ,भुमिसरा सारु,ममता ज्ञवाली घिमिरे ,शोभाखर घिमिरे ,लोक बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको संस्थाका अध्यक्ष भिमसेन कार्कीले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय