बुटवल २७ असार । ११ लाखको चेक बाउन्स मुद्धामा पार्वती पक्राउ परेकीछन् । रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले सैनामैना नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।पक्राउ पुर्जीका आधारमा पौडललाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ। प्रहरीका अनुसार पौडेलले सम्राट चन्दलाई ११ लाख रुपैयाँको चेक दिए पनि पछि उक्त चेक हराएको भन्दै बैंकमा भुक्तानी रोक्न निवेदन दिएको आरोप छ।सोही घटनासम्बन्धी बैंकिङ कसुर मुद्दामा उनी पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण चन्दले पक्राउ परेकी महिलाका विषयमा थप अनुसन्धान भइरहेको बताए । तस्बीर :एआई श्रृजित









