२०८३ भाद्र ३०, मंगलवार १४:३२

कपिलवस्तु । दशैंको अवसरलाई लक्षित गर्दै टीभीएसले ग्राहकका लागि विशेष ‘TVS Golden Key’ चाडपर्व योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले ल्याएको यो योजना कपिलवस्तुको बैरियास्थित टीभीएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सबाट पनि उपलब्ध हुने भएको छ।

दशैंमा नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको यस योजनाको मुख्य आकर्षण भनेको हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुनु हो। योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले रु. १० लाखसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्।

सामान्यतया चाडपर्वका योजनामा पुरस्कार जित्नका लागि भाग्यमा निर्भर हुनुपर्ने भए पनि ‘TVS Golden Key’ योजनामा भने ग्राहकले खरिदसँगै निश्चित लाभ प्राप्त गर्ने भएकाले यसलाई थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ।

योजनाको अर्को आकर्षण दैनिक लक्की ड्र हो। यसअन्तर्गत हरेक दिन दुई जना ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस प्राप्त गर्ने अवसर पाउनेछन्। यसले सवारीसाधन खरिदपछि आवश्यक पर्ने नियमित सर्भिसिङ खर्चमा समेत ग्राहकलाई दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ।

त्यस्तै, दशैंमा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सहज फाइनान्स सुविधासमेत उपलब्ध गराइएको छ। यसले एकैपटक ठूलो रकम खर्च गर्न नसक्ने ग्राहकका लागि पनि नयाँ सवारीसाधन खरिदलाई सहज बनाउने उद्देश्य राखेको छ। फाइनान्स सुविधा तथा अन्य योजनाका लाभ सम्बन्धित नियम तथा सर्तअनुसार लागू हुनेछन्।

बैरियास्थित बाणगंगा अटो ट्रेडर्सले दशैंको अवसरमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई ‘TVS Golden Key’ योजनाबारे जानकारी लिन शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ।

टीभीएसले हरेक वर्ष चाडपर्वको अवसरमा ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना ल्याउँदै आएको छ। यसपटकको ‘TVS Golden Key’ योजनाले निश्चित पुरस्कार, दैनिक लक्की ड्र, निःशुल्क सर्भिस र सहज फाइनान्समार्फत दशैंमा नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि थप आकर्षक अवसर सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय