१५ मंसिर
ग्लोबल आईएमई बैकले आज वित्तिय साक्षरता तथा डिजिटल बैङ्किङ्ग कार्यक्रम सम्पन्न गरेको छ । देशव्यापी कार्यक्रम अन्तरगत बैंकले सो कार्यक्रम कपिलबस्तुको बाणगंगामा रहेको श्रीपेच होटेलमा सम्पन्न गरेको हो । बैकले लुम्बिनी प्रदेशको ५१ वटा स्थानमा सो कार्यक्रम संचालन गरेको बैंकका केन्द्रिय चिफ मार्केटिङ अफिसर शान्ता शिवाकोटीले जानकारी दिनुभएको हो । बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङमा अभ्यस्ता पार्न, बैंकमा गाई लाईनमा बस्नु पर्ने बाध्यताको अन्त्य गर्न तथा डिजिटल बैंकिङको महत्व, आवश्यकता र फाईदको बारेमा जानकारीका निम्ती कार्यक्रम आयोजना गरिएको उहाले बताउनुभयो । कार्यक्रममा ग्लोबल आईएमई बैंक जितपुर शाखाका शाखा प्रबन्धक डिल्लीराज ढकालको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी, विद्यार्थी लगाएतको उपस्थितीरहेको थियो । कार्यक्रम जितपुर शाखाको समन्वयमा सम्पन्न भएको हो ।