२०७८ मंसिर १७, शुक्रबार १३:३४


मंसिर १७, काठमाण्डौ
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । कोभिड–१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।निमोनिया समेत भए पछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अस्पताल भर्ना भए पछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन् । प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो ।सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक तोक्न सुझाव दिए पनि उहाँले त्यो प्रस्ताव अस्वीकार गर्नु भएको थियो । जबराले मङ्गलवार अदालत उपस्थित नै नभइ अस्पतालबाटै पेसी तोकेपछि रुष्ट बनेका कानुन व्यवसायीले बुधवार बहस बहिष्कार गरेका थिए ।गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन नै धेरैजसो मुद्दाको सुनुवाइ भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय