कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ दरखास्तमा सवारी दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको छ । कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुखको रुपमा समेत कार्यरत रहनुका साथै दर्जनौ सघंसस्थामा आवद्ध भई काम गर्दै आएका थिए ।
उनी बा ६ च ११६४ नम्बरको कारमा सवार थिए । कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको हो । कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ भने बसमा सवार ३ जना घाइते भएका छन ।
२०७८ पुष १४, बुधबार १२:०४
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech