२०७८ फाल्गुन १०, मंगलवार १७:५४

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिकामा रहेका ई टा उद्योगहरूमा बाल श्रमिक रहेको भेटिएको छ । नगरपालिकाको फाइब स्टार ई टा उद्योग, लोकप्रिय ई टा उद्योग र पञ्चकन्या ई टा उद्योगमा बाल मजदुरहरू रहेको पाइएको छ ।

सरकारले बालबालिकालाई काम लगाउन नपाइने प्रावधान बनाएको भए पनि ई टा उद्योगहरू सरकारको नियम र प्रावधानलाई मिच्दै बालबालिकालाई ई टा बनाउने काममा लगाइएको पाइएको छ ।

खास गरी भारतीय श्रमिक परिवारका बालबालिकाहरू मजदुरका रुपमा प्रयोग भएका छन् । भारतका बरेलीबाट स परिवार नै मजदुरीका लागि आएका अम्जद खानका १६ बर्षे छोरा मोहम्द करम खान  र १५ बर्षे रुक्सान खान आफ्नो परिवार सँगै लोकप्रिय ई टा उद्योगमा काम गर्दै गरेको भेटिए । करम खानले भारतमा नै अध्ययन गर्ने भए पनि परिवार सँगै रोजगारीका लागि आएका उनी अहिले अध्ययन छाडेर ई टा बनाउने काम गरिरहेका छन् । सबै परिवार रोजगारीका लागि घर छाडेर आउनु पर्ने हुँदा छोरा छोरीलाई पनि सँगै ल्याएको उनका बुबा अमजद खानले बताए ।

भारतीय मजदुरका छोरा छोरीहरू ई टा उद्योगमा नै बस्ने र उनीहरू बुबा आमा सँगै काम गर्ने गरेका छन् । ई टा उद्योगमा ७ बर्ष देखि १६ बर्ष सम्मका बाल बालिकाले मजदुरी गरिरहेको भेटिन्छन् । फाइब स्टार ई टा उद्योग र पञ्चकन्या ई टा उद्योगमा पनि बालबालिकाहरूले काम गर्दै गरेको पाइएको हो ।

इँटा उद्योगमा श्रमिकका बालबालिकाको शिक्षाका लागी काम गर्दै आइरहेको दलित मानव अधिकार निगरानी  समिति अध्यक्ष मिना परियारले  ई टा उद्योगमा काम गर्ने श्रमिकका बालबालिकाहरूको शिक्षाको विषयमा सरोकारवाल निकायले ध्यान दिनु पर्ने बताउनुभयो । अहिले कपिलवस्तुको ३ स्थानीय तह शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका र बुद्धभूमि नगरपालिकामा रहेका ई टा उद्योगहरूमा ७ सय बाल श्रमिक रहेको बताउनु भयो ।

इँटा उद्योगमा रहेका बालबालिकाको शिक्षाको लागि दलित मानव अधिकार निगरानी समिति र विश्व शिक्षा साझेदारीमा सक्रिय परियोजनाले बालबालिकाको डाटा सङ्कलन गरिरहेको र उनीहरूको शिक्षाका लागि सहयोग गरेको परियारले बताउनुभयो ।

इँटा उद्योगमा काम गर्ने बाल श्रमिकको शिक्षाका लागि व्यवसायी र सरोकारवालाहरूसँग छलफल गरिने शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । बालबालिकालाई आजैबाट काममा नलगाउन ई टा उद्योगीहरूलाई निर्देशन दिएको उहाँले बताउनु भयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय