२०७८ चैत्र ४, शुक्रबार ०८:२८

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा आजबाट सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवको गृह मन्त्री खाँणले उद्घाटन गर्नुभएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ ।

गृह मन्त्री खाँणले सरकार उद्योगी व्यवसायीको साथमा रहेको बताउनुभएको छ । उद्योगी व्यवसायीसंग सहकार्य गर्दै सरकार अघि बढ्न प्रतिवद्ध रहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुलाई दुःख दिने काम नगर्न नेपाल सरकारका कर्मचारीले निर्देशन समेत दिनुभयो । ”उद्योगी व्यवसायीहरुलाई दुःख दिने काम नगर्नु, उहाँलाई सहयोग गर्दै अघि बढनु म सबै नेपाल सरकारका कर्मचारीलाई यहीबाट निर्देशन दिन्छु ।’ उहाँले भन्नुभयो ।

उद्योगी र व्यवसायीको लागी एमसीसी ल्याएको उहाँको दाबी छ । उहाँले सम्बोेधनको क्रममा अधिकांश समय एमसीसीबारे जनतामा भ्रम सिर्जना भएको भन्दै त्यसबारे स्प्रष्ट पार्न खर्चिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय