२०७८ चैत्र २५, शुक्रबार १७:०४

काठमाडौं । गठबन्धन सरकारले अष्ट्रेलियाको राजदूतमा माधवकुमार नेपालका ज्वाइँ कैलाश पोखरेललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले २० देशका राजदूत नियुक्ति गर्दा माधव नेपालका ज्वाईदेखि झलनाथ खनालका सालोसम्मलाई अवसर दिएको छ ।

पोखरेल अध्यक्ष माधव नेपालका कान्छि बहिनी बसुदाका श्रीमान हुन । त्यस्तै नेकपा एसकै सिफारिसमा झलनाथ खनालका सालो मिलन तुलाधरलाई रसियाको राजदूतका लागि सिफारिस गरिएको छ । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालका बहिनी ज्वाइँ हुन् ।

चीनको राजदूतमा माओवादी कोटाका बिष्णु पुकार श्रेष्ठ परेका छन् । त्यस्तै जसपाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने मौका पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजिनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योती प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ । उनी प्रधानमन्त्री देउवा निकट मानिन्छ । आज राजनीतिक कोटाबाट सिफारिस भएका राजदूत अधिकांश नेताका नातेदार रहेका छन् ।

निर्वाचन आयोगले भोलिदेखि आचारसहिता लागु गर्ने तयारी थालेपछि गठबन्धन सरकारले मनलाग्दी नियुक्ती गरेको हो । गठबन्धन सरकारले अन्य कयौं नियुक्ति गोप्य राखेको छ । नियुक्तिमा सैद्धान्तिक सहमति दिएर अगाडिकै मितिदेखि लागुगर्न गोप्य राखेको स्रोतले बताएको छ ।
राजनीतिक दलबाट राजदूतमा सिफारिशको यस्तो छ नामावली

१ विष्णु पुकार श्रेष्ठ चीन
२ दानबहादुर तामाङ दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल स्पेन
४ बाशुदेव मिश्र श्रीलंका
५ मिलन तुलाधर रसिया
६ कैलाश पोखरेल अष्ट्रेलिया
७ डिल्लीराज पौडेल मलेसिया
८ शान्ता रिजाल इजरायल
९ ज्योति प्याकुरेल दक्षिण कोरिया
१० प्रा डा।रामशुरज राय यादव डेनमार्क
११ नवराज सुवेदी साउदी अरब
१२ नरेश विक्रम ढकाल

परराष्ट्र सेवाबाट राजदूतमा सिफारिश

१ घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३ तीर्थराज वाग्ले
४ डोरनाथ अर्याल
५ सुशिल कुमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मल राज काफ्ले
८ दुर्गा बहादुर सुवेदी

(स्रोत -सुनौलो नेपाल बाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय