घनश्याम पौडेल
अर्घाखाँची, ३० चैत । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं। ८ पालीको गाउँ नै शोकमा डुवेको छ । आफनै दाईकी छोरी १२ वर्षिया नमुना कुमालको ट्याक्टर चालक शुसील कुमालले चलाएको ट्याक्टरले किचेर बुधबार बिहान ९ बजे मृत्यु भएको हो ।
लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेर अर्भका आधारभुत विद्यालय जान हिडेकी विद्यार्थीको ट्याक्टरबाट खसेर टायरले किचेर मृत्यु भयो । दुर्गाफाटबाट बरपोख्रा सम्म ढुंगा लिएर हिडेको ट्याक्टरले किचेको हो ।
विद्यालय पुग्नै लाग्दा भएको घटनाले गाउँ र विद्यालय नै शोकमा डुवेको छ । ट्याक्टर चालक कुमाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी अम्बर थापाले जानकारी दिए ।
परिवार तथा गाउँबासीको घटनास्थलमा रुवाबासी छ । सामान्य लापारबाहीका कारण बालीकाको मृत्यु हुनुका साथै गाउँ नै बिहानको खाना खाने समयमा शोकमा डुव्यो । आजबाट अर्घाखाँचीमा सुरु भएको वार्षिक परिक्षामा सहभागी बन्न विद्यालयमा आएका विद्यार्थीहरु पनि साथीको मृत्युले शोकमग्न छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी आएर अनुसन्धान सुरु गरेको छ ।
२०७८ चैत्र ३०, बुधबार १७:०७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech