काठमाण्डौ ।
काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ ।
आज दिउँसो पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति पनि वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।
भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ । मौसमविद् हिरा भट्टराईका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।
२०७९ बैशाख २३, शुक्रबार ०९:०२
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech