२०७९ बैशाख २३, शुक्रबार ०९:२२

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं। ४ का नेपाली कांग्रेसका उम्मेद्वार बुद्धि बहादुर रोकाहा ९दिनेश०ले वडा नं। ४ को समग्र विकासको लागि प्रतिबद्धता सार्वजनिक गरेका छन् । कुराले हैन कामले देखाउँछौ, वडा नं। ४ लाई नमुना बनाउँछौ । भन्ने नारासहित उनले गरेका प्रतिबद्धताहरु यस प्रकार छन् ।

शिक्षा
– वडाध्यक्षले पाउने नियमित सुविधाबाट गरिब तथा जेहेनदार विद्यार्थीहरू अक्षयकोष निर्माण गरी छात्रवृत्तिको व्यवस्था गर्ने,

– सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गर्ने,

– वडाभित्र नमुना बालविकास केन्द्र विकास गर्ने र विशेष छात्रवृत्तिको व्यवस्था

– वडा भित्रका विद्यालयहरुमा प्राविधिक कक्षा संचालन गर्न पहल गर्ने,

– वडाभित्रका विद्यालयहरूमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने ।

स्वास्थ्य
– वडाभित्रका सुत्केरी महिलाहरूलाई सुत्केरी भत्ताको व्यवस्था गर्ने,

– सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,

– टोलटोलमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गर्ने,

– हरिहरपुरमा आधुनिक व्यवस्थित आफ्नै भवनमा शैया सहितको स्वास्थ्य चौकी निर्माण गर्ने र गाउँघर घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने साथै मा।शि।का। तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई विशेष प्रोत्साहनको व्यवस्था गर्ने,

– समय समयमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन गर्ने र भान्छा नै औषधालय कार्यक्रम सञ्चालन गर्ने ।

यातायात स्

– बाँकी ग्राभेल सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने,

– नयाँ ट्रयाक खोलिएका सडकहरूलाई ग्राभेल गर्ने र आवश्यक ठाउँमा कल्भर्ट तथा ह्युम पाइपको व्यवस्था गर्ने,

– ४ नं। जितपुरमा आकाशे पुल निर्माणका लागि पहल गर्ने, सडक र वस्तीमा बत्तीको व्यवस्था गर्ने,

– सडकका किनारामा नालीको व्यवस्था गर्ने र बिग्रे भत्केका सडकहरूको पुनर्निर्माण गर्ने,

– ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने,

– वडाभित्रका सडकहरूलाई हरित सडक बनाई सौन्दर्यीकरण गर्ने,

– गाउँ नगर यातायात सेवाको वैज्ञानिक भाडादर समायोजन गरी सञ्चालन प्रक्रिया व्यवस्थित गर्ने,

विद्युत, खानेपानी तथा सरसफाई एवम् संचार

– वडाभित्रका विपन्न घर परिवारलाई न्यूनतम ३० युनिटसम्म विद्यतु निःशुल्क गर्ने,

– विद्युत नपुगेको ठाउँहरूमा विद्युतीकरणको व्यवस्थापन गर्ने, साथै थ्री फेज लाइनको विस्तार गर्ने र आवश्यक ठाउँमा बढी क्षमताको ट्रान्सफर्मरको व्यवस्थापन गर्ने,

– गरिबीको रेखामुनिका घरमा निःशुल्क विद्युत मिटरको व्यवस्थापन गर्ने,

– बजार क्षेत्रमा ए।वि।सि। केवल मार्फत विद्युत वितरण व्यवस्था गर्ने,

– अव्यवस्थित तथा जीर्ण अवस्थाका पोल, तार प्रतिस्थापन गर्ने,

– एक घर एक धाराको व्यवस्था गर्ने र वडाभित्र खानेपानी महसुललाई निःशुल्क गर्ने

– डस्टबिनको व्यवस्थापन गर्ने र वडाभित्र सङ्कलित फोहोर नियमित रूपमा उठाउने व्यवस्था गर्ने र सार्वजनिक स्थलमा शौचालय निर्माण गर्ने, वडा भित्रका मुख्य बजार क्षेत्रमा सरसफाइका लागि सफाइकर्मीको व्यवस्था गर्ने ।

– वडाभित्रका मुख्य बजार क्षेत्र र सार्वजनिक स्थलमा फ्रि वाइफाइको व्यवस्था गर्ने,

– वडाभित्रका सामुदायिक विद्यालयहरूमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गर्ने

कृषि तथा सिंचाई, अर्थ एवम् उद्योग वाणिज्य

– कार्यकाल भित्रमा वडाभित्रका सबै सिंचाई कुलोहरूलाई पक्की बनाउने,

– वडाभित्रका सामुदायिक कृषि तथा पशुपालन, मस्यपालन, फलफूल एवम् जडिबुटी खेतीका लागि प्रोत्साहन गर्ने,

– जवईको पानी संकलन गरी सिंचाइको लागि प्रवर्धन मिलाउने,

– ऐतिहासिक गजेहडा हाट बजारलाई कोटियामाईको स्थाननेर कोल्डस्टोरको व्यवस्थासहित कृषिउपज संकलन तथा विक्रीवितरण केन्द्रको रुपमा व्यस्थित गर्ने ।

– श्रृङ्गीघाट सिंचाई आयोजनाबाट नियमित सिंचाई व्यवस्था मिलाउने,

– कृषि विकास बैंकको दक्षिणतर्फको कुलोलाई व्यवस्था गर्ने,

– कृषिमा प्रशिक्षण तथा अनुदानको व्यवस्था गर्ने,

– छाडा गाईवस्तु व्यवस्थित गर्न नगर स्तरीय गौशाला निर्माण गर्न पहल गर्ने,

– वडाभित्र स्यालो ट्युववेल तथा बोरिङ्ग गाड्न प्रोत्साहन गर्ने,

– बेमौसमी तथा अर्गानिक तरकारी, फलफल खेतीलाई प्रोत्साहन गर्ने,

– उत्पादित कृषि तथा पशुजन्य उत्पादनको बिक्री वितरणमा सहजीकरण गर्ने,

– एक घर एक करेसाबारी र गोठ सुधार कार्यक्रम संचालन गर्ने

– शीतभण्डार निर्माणको पहल गर्ने,

– बाणगंगा सडक खाना महोत्सलाई निरन्तरता दिने र वडामै थारू सांस्कृतिक उत्सवका कार्यक्रम संचालन गर्ने,

– उद्योग व्यवसाय प्रवद्र्धनका साथै करदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने,

युवा तथा स्वरोजगार

– वडामा रोजगार, बेरोजगार, बैदेशिक रोजगारीमा आवद्ध तथा बैदेशिक रोजगारीबाट फर्की आएका युवाको अभिलेख राख्ने,

– युवालाई आफ्नै ठाउँमा स्वरोजगार वनाउन युवालाई दिगोपनाको व्यवस्थापन गर्ने,

– वडाभित्रका सम्पूर्ण खेल मैदानहरूलाई व्यवस्थित गर्ने, वडास्तरीय खेलकुद प्रतियोगिता संचालन गर्ने,

– नगरकै एकमात्र बुद्ध रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानको रूपमा विकास गर्ने,

– युवालाई खेलकुद प्रशिक्षण तथा आवश्यक खेल सामग्रीको व्यवस्था गर्ने,

– कभर्डहल व्यवस्थित गर्ने र आवश्यक ठाउँमा नयाँ कवर्डहलको निर्माण गर्ने,

– नेपाल प्रहरी, युवा क्लव, विद्यार्थी तथा आम जनतासंगको समन्वयमा लागू पदार्थ विरूद्ध अभियान चलाउने,

– वडाभित्र जिम फिटनेस क्लब स्थापना र फिटनेसका सामग्री व्यवस्था गर्ने,

शान्ति सुरक्षा

– वडाभित्रको प्रहरी बिटलाई आफ्नै भवनमा व्यवस्थित गर्ने,

– वडाभित्रका बजार चोकहरूमा सि।सि टि।भि। क्यामेरा जडान गर्ने,

– टोल विकास संस्थाहरूलाई परिचालन गरी टोलबाटै द्वन्द्व न्युनीकरण तथा द्वन्द्व व्यवस्थापन गर्ने,

वन तथा वातावरण

– वडाभित्र एक टोल एक पार्क निर्माण गर्नुका साथै शिव मन्दिर सामुदायिक बनलाई पर्यटनको गन्तब्यको रूपमा रूपान्तरण गरी रमणीय पार्क निर्माण गर्ने

– शिव मन्दिर सामुदायिक बनमा जडिबुटी खेतीलाई व्यवस्थित गर्ने,

– वडाभित्रका मुल तथा जलाशय संरक्षण गर्ने र वडालाई हरित वडाको रूपमा विकसित गर्ने,

– सडक किनारामा बृक्षारोपण,पुष्प बगैंचा निर्माण कार्यक्रम चलाउने,

लक्षित वर्ग

– जेष्ठ नागरिक तथा भिन्न क्षमता भएका नागरिकलाई घरमा नै स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउने,

– जेष्ठ नागरिकलाई अपाङ्गता मैत्री बाचनालय सहितको सामुदायिक भवन निर्माण गर्ने साथै जेष्ठ नागरिक पार्क निर्माण गर्ने र तीर्थयात्रा लैजाने

– भिन्न क्षमता भएका नागरिकलाई सीपमूलक तालिम दिने बालबालिका आमा समुह तथा महिला सम्बन्धी संस्थाहरूलाई संगठित गर्ने र बाल उद्यान निर्माण गर्ने,

सेवा प्रवाह र प्रशासन

– वडाकार्यालय तथा वडाभित्रका कार्यालयहरूमा मुस्कान सहितको चुस्त सेबा प्रदान गर्ने साथै सामाजिक सुरक्षा भत्ता मोबाइल बैंङ्किङ्ग मार्फत विस्तार गर्ने,

– स्मार्ट वडा विकासका लागि डिजिटलाइजेसन गर्ने,

– वडाभित्र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्ने,

– जन्मदर्ता, विवाह दर्ता तथा मृत्युदर्ताको सुविधा घरमै प्रदान गर्ने,

– वडाको प्रत्येक टोलमा गुनासो पेटिका राख्ने,

थप अन्य कार्यक्रमहरू

– सुरक्षित आवासका लागि खरको छानो मुक्त वडा अभियान कार्यक्रम चलाउने,

– किरियापुत्री घर निर्माण गर्ने,

– थारू संग्रहालय निर्माणका लागि पहल गर्ने,

– वडाभित्रका विभिन्न धार्मिक स्थललाई संरक्षण तथा व्यवस्थित गर्ने,र जनमुखी, जनउत्तरदायी अनेर्कौ कार्यक्रहरु संचालन गर्ने ।

यहाँहरूको अमूल्य भोटको आशा सहित ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय