कपिलवस्तुका २ जनाको चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका(९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिका९१९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ ।
साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खस्नु भएको र छतिराम खसेपछि उहाँलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिर्दा दुबै जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।
छतिराम र राम साला(भेना रहेको बताईएको छ ।
२०७९ जेष्ठ २६, बिहीबार १७:००
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech