जिल्ला समन्वय समिति ९जिसस० कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १० -१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
उप प्रमुखमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो ।
जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी ,मनोब्ब्र धुनिया, रामु अहिर सदस्य मा निर्वचित ।कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् ।
यस्तै गरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित भएका हुन् ।१०-१० मत आएर दुबैको परिणम समान भएको हो ।
जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी ९जसपा० नेपाल र नेकपा ९माओवादी केन्द्र०लाई साथमा लिएको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो