काठमाडौं । संसदीय समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट एयरपोर्ट’का रुपमा विकास गर्न सुझाव दिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
उक्त प्रतिवेदनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे दिएको निर्देशनमा भनिएको छ, ‘यात्रु स्थानान्तरण विमानस्थल ९ट्रान्जिट एयरपोर्ट०का रुपमा विकास गर्न प्राधिकरणले विशेष पहल गर्नुपर्ने ।’
यो विमानस्थलको नजिक केही पराना संरचना र विभिन्न उद्योगरकलकारखाना रहेको भन्दै ती संरचना हटाउन समेत समितिले निर्देशन दिएको छ । सो स्थानबाट हटाएर अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थलमा स्थायी वैकल्पिक इन्धन भण्डारणको व्यवस्था गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।
गौतमबुद्ध विमानस्थलको पश्चिमतर्फको धावनमार्ग बढाएर यात्रु कक्ष समेत विस्तार गर्न समितिले भनेको छ । यो विमानस्थलको उडान सहज बनाउन छिमेकी राष्ट्र भारतसँग हवाई मार्गका सम्बन्धमा आवश्यक पहल गरी अन्तर्राष्ट्रिय यात्रु सेवाको उडान छोटो र कम खर्चिलो बनाउन समेत समितिले निर्देशन दिएको छ ।
२०७९ जेष्ठ ३०, सोमबार १८:५५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech