बुटवल । लुम्बिनी प्रदेशकी पूर्व उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेय लम्सालले लुम्बिनी सरकार जुनसुकै हदमा गिरेर भएपनि सत्ता जोगाउन लागि परेको बताएकी छिन् ।
राज्य मन्त्री बिमलालाई स्वास्थ परिक्षण गरेर मानसिक अवस्था ठिक नभएको कारणले अन्जानमा घटना हुन पुगेको भन्दै किर्ते रिपोर्ट बनाएर आज नै हिरासत मुक्त गर्ने र त्यसपछि मात्रै बजेट भाषण गर्ने तयारी गरिएको पूर्वमन्त्री लम्सालको दाबी गरिन् । ‘आज मलाई मेरो घटनाको झललली याद आउँछ जीवन मरणको शैयामा छट्पटी भैरहेको अबस्थामा सत्ताको लागि कार्बाही गर्न पछि नपर्ने आज त्यही सत्तालाई बचाउन एउटा अबोध बालिका अनि महिलाको अधिकार खोस्न पछि नपर्नेको सपोट गरि गैर कानुनी कागज बनार्इ ढाकछोप गर्ने मेरो देशको कानुन अनि सरकार कठै ’–उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
साथै लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको ठाडो हस्तक्षपमा बिमला वलीलाई रातारात मुख्यमन्त्री निवास बुटवल ल्याईएको छ र आज प्रदेश सभा बाट बजेट पास गराउनको लागि गैरकानुनी तरिकाले पावरको दुरुपयोग गरेर दाङबाट रातारात बुटवल ल्याईएको बताएकी छिन् । बिमलालाई स्वास्थ परिक्षण गरेर मानसिक अवस्था ठिक नभएको कारणले अन्जानमा घटना हुन पुगेको भन्दै किर्ते रिपोर्ट बनाएर आज नै हिरासत मुक्त गर्ने र त्यसपछि मात्रै बजेट भाषण गर्ने तयारी गरिएको उनले दाबी गरिन् ।