असार ५, गुल्मी ।
गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर बिद्यार्थीको मृत्यु भएपछि फरार रहेको डोजर चालक पक्राउ परेका छन् । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा.२.क.९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो ।
बिद्यार्थीको मृत्यु भएपछि फरार रहेका रेसुङ्गा नगरपालिका वडानम्बर–१२ निवासी शेरबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायर्नलय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । बिकलाई आफन्तको घरमा लुकिछिपि बसीरहेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डोजर चालक बिकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए