२०७९ असार १७, शुक्रबार १३:५२

बुटवल स् लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरा (रक्सी) को बजारीकरण गर्ने भएको छ । स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले अनुसन्धान समेत सुरु गरेको हो ।

स्थानीय स्तरमा कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने रक्सीलाई कानुनी रुपमा वैधानिकता दिएर बजारीकरण गर्ने प्रदेश सरकारले संघिय सरकारसँग पहल गर्ने तयारी गरेको छ । प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयले समुदायबाट उत्पादन हुने रक्सीको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्न अध्ययन थालेको छ ।
मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर साउन देखि रक्सीको काम सुरु गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बताएका छन् । मुख्यमन्त्री केसीले भदौदेखि प्रदेशका ४ स्थानबाट स्थानीय रक्सीको उत्पादन गर्ने योजना रहेको बताए । उनले मदिरा उत्पादनको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरिने बताए ।

यस्तै पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले सवै प्रक्रिया आगाडि बढाइ सकेको बताए । प्रदेश सरकारले सुरुमा दाङ, रोल्पा, पाल्पा, रुकुमबाट उत्पादन गरेर बजारीकरण गर्ने जनाएको छ । मन्त्री चौधरीले उनले यसबाट रोजगारी, राजस्व संकलनमा वृद्धि हुने बताए । यस्तै प्रदेश सरकारले स्थानीय रक्सीलाई उत्पादन तथा बजारीकरण गर्न आगामी आर्थिक वर्षको बजेटमा २ करोड छुट्टाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय