२०७९ असार २६, आईतवार १३:२३

कपिलवस्तु – देशका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण पुष्टि भएका समाचार आइरहेका बेला यता कपिलवस्तुमा पनि यसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न ठाउँका मानिसहरुमा यसको असर देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । हालसम्म यसका संक्रिमित विरामी भने यकिन नरहेको उनले बताए । उनले सचेत रहन समेत आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुमा पनि नाइरोबी फ्लाईको कारण छालामा फोका उठ्ने तथा छाला रातो हुने समस्या देखिएको जनाएको छ । यो किराले नटोके पनि यसको शरीरमा हुने झुसमा हुने रसायनले गर्दा छाला पोल्ने, रातो हुने र फोका उठ्ने हुन्छ । स्वास्थ्य कार्यालयले यस्तो किरा कतै देखिएमा नछुन आग्रह गरेको छ भने रातिमा सुत्ने बेलामा झुल लगाएर मात्र सुत्न आग्रह गरेको छ ।

कसरी जोगिने

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।
उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा। पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने छाला रोग विशेषज्ञ डा। प्रज्वल पुडासैनी बताउनुभयो ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय