कपिलवस्तु
जिल्ला अदालत कपिलवस्तु कार्य सम्पादनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । वार्षिक रुपमा २ हजार ५ सय थान मुद्धा फर्छौट गर्ने लक्ष्य राखेकोमा २ हजार ५ सय २२ मुद्धा फैसला गरेर उत्कृष्ट कार्यसम्पादन गरेको जिल्ला न्यायाधिश तेजेन्द्र शर्मा सापकोटाले जानकारी दिनु भयो ।
कपिलवस्तु अदालत नमुना जिल्ला अदालतको रुपमा रहदै आएकोमा यसपाली कार्यसम्पादनमा समेत नमुना बनेको हो ।
जिल्ला अदालत कपिलवस्तुले न्यायिक कार्य सम्पादनमा उत्कृष्ट कार्य गरे वापत न्यायधिश खिमानन्द भुषाल लाई सम्मान गरिएको छ । न्यायधिश भुसाललाई सबै भन्दा बढि ६ सय ३८ वटा मुद्धा एक आर्थिक वर्षमा फैसला गरे वापत सम्मान गरिएको हो । जिल्ला न्यायाधिश तेजेन्द्र प्रसाद सापकोटाले कदर पत्र सहित सम्मान गर्नु भएको हो । वार्षिक समिक्षा कार्यक्रम अन्तरगत उत्कृष्ट कर्मचारी नारयण बहादुर भट्टराई र नायब सुव्वा भुमिराम पौडेललाई सम्मान गरिएको छ ।
यसै गरी नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पक्षाईलाई समेत सम्मान गरिएको छ । त्यस्तै हालै कपिलवस्त्ु अदालतमा सरुवा भई आउनु भएका न्यायधिश भुवन गिरीलाई स्वागत गरिएको छ । म्याद तामेलिमा उत्कृष्ट कार्य गर्ने विन्देश्वरी कोहार ,गोविन्द पोख्रेल र सुरेन्द्र वहादुर चौधरीलाई सम्मान गरिएको छ । वार्षिक समिक्षा कार्यक्रम जिल्ला श्रेष्तेदार सुमन पान्डेको सहजीकरणमा सम्पन्न भएको हो ।