कपिलवस्तु
तिथि अनुसार साउन महिनाको पहिलो सोमवार तौलिहवा स्थित प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा हजारौ श्रद्धालु भक्तजनहरुले जलापर्ण गरेका छन् । गत असार २९ गते गुरुपुर्णिमा दिन देखि साउन महिना लागेको छ । साउनमा यस पटक ५ वटा सोमवार परेको छ । भक्तजनहरुले बाणगंगा नदीको रामघाट (भागिरथी नदी ) नदीमा स्नान गरि सो मन्दिरमा जलापर्ण गरेका हुन । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरि उनीहरुले महादेवलाई नदीको जल सोमबार विहान अर्पण गरेका थिए ।
जर्लापणको लागि जिल्लाको विभिन्न स्थानबाट हजारौको संख्यामा तिर्थालुहरु तौलिहवा आएका थिए । साउनको पहिलो सोमवार जलापर्ण यात्रामा भक्तजनहरुको ठुलो भीड लागेको थियो । आराध्य देव शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमवारका दिन स्नना गरी शिव मन्दिरमा जलापर्ण गर्नाले पाँप नाश भई पुण्यफल मिल्ने भक्तजनहरुको बिश्वास छ । साउनमा पर्ने सोमवारका दिन ब्रत बसी जलापर्ण गर्नाले मनोकांक्षा समेत पुरा हुने भन्दै उनीहरु जलपर्ण यात्रामा सहभागी भएका थिए ।
सदरमुकाम देखि ५ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाहरुले जल लिएर “बोल बम” भन्दै मन्दिरमा आइ जर्लापण समेत गरेका थिए । साउन महिनाको सोमवारका लागि स्थानीय प्रशासनले बिशेष सुरक्षा ब्यवस्था मिलाएको थियो । गाउ गाउबाट जलयात्रामा स–साना बालबालिका देखि युवा, महिला तथा बृद्धहरुले समेत पहेलो वस्त्र धारण गरी काधमा कावर लिएर सहभागी रहेका थिए । मन्दिरमा भक्तजनहरुलाई बिभिन्न संघ संस्था र ब्यक्तिहरुले प्रसादको समेत ब्यस्था गरेका थिए । साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्य नजर गर्दै मन्दिरमा बिशेष प्रबन्ध मिलाईएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्तालेबताए ।
१२ वर्ष अघि बोलबम कावँर जलयात्रा समिति फुलिकाले उक्त जलार्पणको कार्यक्रमको अगुवाई गर्दैै आएको छ । साउन पहिलो सोमवार १० हजार बढी जलापर्णमा सहभागी रहेको प्रहरीले जनाएको छ । यस्तै यता बाणगंगा ६ लक्ष्मणघाटमा पनि आज बिहान श्रद्धालु भक्तजनहरुले जलापर्ण गरेका छन । जिल्ला सगै जिल्ला बाहिर आएका भक्तजनहरुले जल उठाई अन्य ठाउका बिभिन्न मन्दिरहरुमा जलापर्ण गरेका छन ।