२०७९ श्रावण ३, मंगलवार ११:४४

पश्चिम नवलपरासी —
खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेको स्थानीय सुशान्त घिमिरेले बताए । गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय