२०७९ श्रावण ३, मंगलवार १७:१३

बसन्त गिरी
कपिलवस्तु, ३ साउन
गत फागुन २२ गते कपिलवस्तुको ओदारीमा भारतीय ट्रकको ठक्करबाट स्थानीय अनिल गाहाको मृत्यु भयो । पिपरा प्रहरीले एमपी ०८ जीए ४०६८ नम्बरको ट्रक तथा चालक पर्वत सिंह साहु माथि मुद्धा चलायो । कपिलवस्तु अदालतले चालक साहूलाई ३ बर्ष कैद सजाय तोक्यो । भारतीय गाडी धनी वृजेश सिंह लोधाले मृतक परिवारलाई क्षतिपूर्ति बापत ५ लाख तिरे । अटो क्षति बापत ३ लाख १८ हजार ४ सय तिरे । सबै कानूनी प्रक्रिया पुरयाएर पनि लोधाले आफ्नो गाडी भारत लैजान पाएका छैनन् । कारण इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक बाबु केसीलाई केश मिलाए बापत थप २ लाख नदिएर ।

भारतीय गाडी धनी लोधा २ महिना देखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् तर उनको समस्या समाधान भएको छैन । उनका चालकले सजाय भुक्तान गरिरहेका छन् , सबै जरिवाना तिरिसके तर निरिक्षक केसीलाई २ लाख आर्थिक सहयोग नदिएकै कारण गाडी छुट्न सकेको छैन । लोधाले आफुले पटक पटक गाडी लैजान हार गुहार गर्दा इन्सपेक्टर केसीले मृतको परिवाले मानेको छैन, लान मिल्दैन, २ लाख देउ सेटिङ्ग मिलाउछु र गाडी छोड्छु भनेको बताए ।

जिल्ला प्रशासनमा रकम बुझाएको ५ लाख क्षतिपूर्ति र ट्याम्पोको ३ लाख १८ हजारको रसिद लैजादा समेत सिडियोको पत्र लिएर आउन भनेर पठाएको उनले गुनासो गरे । यता जिल्ला प्रशासन कार्यालयका मुद्धा फाँटका नासु जनक जाशीले सवारी दुर्घटनामा प्रशासनको रसिदकै आधारमा गाडी छाड्नुपर्नेमा प्रहरीले नछाड्नुको कारण प्रष्ट नभएको बताए । “सबै काम सकिएको २० दिन भयो खै किन रोकेका छ हामी पनि आश्चर्यमा छौ” जोशीले भने ।

भारतीय गाडी धनीले थप रकम नदिने छाट देखेपछि प्रहरी निरिक्षक केसीले दुख दिन अर्को मेसो लगाइदिएका छन् त्यो हो सरकारी वकिल कार्यालयलाई गाडी के गर्ने भनेर सोध्ने । इलाका प्रहरी कार्यालय पिपराले उक्त गाडी के गर्ने भनेर सोधेको छ, जबकी यस अघि सम्मका सवारी घटनाको प्रक्रयामा पिपरा प्रहरीले सरकारी वकिल कार्यालयलाई पत्र काटेको थिएन । केसीले यो घटनामा मात्र होइन फागुन २७ गते तौलिहवाको जहदीमा भएको सवारी दुर्घटनाको ट्रकलाई समेत त्यसै गरि रोकेर राखेको छ । यूपी ४१ एटी १५८२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय सिर्जना यादवको मृत्यु भएको थियो ।

पीडित परिवाले क्षतिपूर्ति पाए, चालक धरौटीमा छुटे तर गाडी भने छाडिएको छैन । गाडी धनिहरु संग निरिक्षक केसीले पीडित परिवार मानेको छैन, थप ३ लाख देउ अनि बल्ल गाडी छाड्छु भन्दै धम्क्याउने गरेको भारतीय गाडी धनीले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी जेशी शाहले भने यसबार जानकार भएको तर उतै मिलाएर गर्न भन्दै गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिए ।

यस बारे प्रहरी निरिक्षक दिपकबाबु केसीलाई जानकारी लिदा सबै प्रकृया पुरा भएको स्वीकारे पनि पीडित पक्षले नमानेको भन्दै ढिलो भएको बताए । आफुले मिलेर आउन भनेको भन्दै कुनै लेनदेनमा आफु संलग्न नभएको दाबी गरे । तर जिल्ला अदालत र प्रशासनले दण्ड सजाय, क्षतिपूर्ति गरेर पनि गाडी किन नछाडेको भन्नेमा उनले अब छिट्टै गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय