कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ८ चप्परगाउमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नुहाउने क्रममा धारामा जोडेको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा ४९ बर्षीय माया भाट क्षेत्रीको मृत्यु भएको हो ।
करेन्ट लाग्नासाथ कपिलवस्तु सामुदायिक अस्पताल लगीएको भएतापनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । उनका १ श्रीमान २ छोरा र एउटी बुहारी रहेकी छन ।