कपिलवस्तु – कपिलवस्तुमा वितेको एकबर्षको अवधि मासवारी साधन दुर्घटनामा केही कमि आएको छ । जवकी आर्थिक वर्ष ७७,७८ मा सवारी दुर्घटनाबाट ७५ जनाले ज्यानगुमाएकाथिएभनेदुर्घटना संख्या १ सय ३३ रहेकोमागतचालु आर्थिक वर्ष ७८,७९ मा ६९ जनाले सवारी दुर्घटनाबाट ज्यानगुमाएका छन् भने १ सय २५ सवारी दुर्घटना भएका छन् ।
सवारी दुर्घटना न्युनिकरण हुनुमा जनचेतना मुलक कार्यक्रमलाई तिव्रतादिनु, मापसे चेकजाँच कडाइका साथलागु गर्नु, तीव्र गतिमा सवारी हाक्ने प्रवृत्तिमाकमिल्याउनु, ओभरलोड नियन्त्रण गर्नु, सडक पार गर्दा जथाभावीनगरी सकभर जेव्रा क्रस गर्नु रहेको टा्फिक प्रहरी कार्यालय गोरुसिँगेकाप्रहरी निरिक्षक बलराम टमटाको दावी छ ।
दुर्घटनाको प्रकृति हेर्दा अधिकांश दुर्घटना मोटरसाइकल बाट भएका छन् जसमा अधिकाँश पुरुष छन् । विगत केही वर्ष देखी दुर्घटना न्युनिकरणका लागी देशभर नै मापसे चेकजाँचगदैं आएको टफिक प्रहरीले कपिलवस्तुको राजमार्ग क्षेत्रका गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, पिपराका साथै सदरमुकाम तौलीहवा, पकडीमा समेत चेकजांचमा कडाइ गरेको छ । तर, पनिबढ्दो सवारी चाप, साँघुरा सडक, ट्राफिक उल्लङ्घन, मापसेकाकारण बर्षेनी सवारी दुर्घटनाबाट मानिसको ज्यानजाने क्रमभने रोकिएको छैन ।