श्रावण
कपिलवस्तुमा नागरिकता विधेयक पास भएको खुसीयालीमा दीपावली गरिएको छ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट शुक्रबार बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसको खुसीयालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शुद्धोधन गाउँपालिकामा शुक्रबार साँझ दीपावली गरेको छ ।
लोसपाका नेता तथा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतको उपस्थितिमा दीपावली गरिएको थियो । लामो सयम देखि नागरिकता विधेयक अगाडी बढाउन लोसपाले सरकारलाई आग्रह गर्दै आएको थियो ।