श्रावण भैरहवा ।
रुपन्देहीमा पछिल्लो एक सातामा पाँच ट्रक अवैध कपडा बरामद भएको छ । बरामद कपडा सुरक्षाका विभिन्न पोष्ट पास भएका थिए । सुरक्षा पोष्ट पास भएर कपडा भित्रनुलाई सुरक्षा निकायकै मिलेमतो त छैन भनेर आशंका गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा एक सातामा पाँच वटा पिकअपले भरिएका कपडा बरामद हुनु तस्करीमा मिलोमतो मौलाइरहेको पुष्टि भएको छ । यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि केही मात्रामा तस्करीको सामान बरामद गरेका छन् ।
सुरक्षा संयन्त्र हुँदा पनि गाडीसहितको अवैध समान नसमातिनु, सीमाबाट भारतीय प्रहरी र भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीमाथि शंका गर्न मिल्ने अवस्था हो । कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य बस्तु, हार्डवेयर, खाद्यन्न, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, बनगाई नाका त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट उत्तिकै मात्रामा नेपाल भित्री रहेको छ ।
अहिले खुला सीमाको फाइदा उठाउँदै सीमा क्षेत्रमा तस्करी बढेपछि भन्सारले गस्तीलाई बढाएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिए ।
२०७९ श्रावण ९, सोमबार १३:२२
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech