२०७९ श्रावण १०, मंगलवार १३:०९

काठमाडौँ —
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले  यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक तयारी रहेको स्रोतले जनायो । बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको जिषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले शुक्रबारसम्म नतिजा सार्वजनिक गरिने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय