२०७९ श्रावण १४, शनिबार ०९:३८

कपिलवस्तु
कपिलवस्तुमा सबन्ध बिच्छेदका मुद्दा बढदै गएका छन । नँया मुलु्ली संहीता लागु भए यता सम्बन्ध बिच्छेदका घटनामा झर्नै बृद्धि भएको हो । नया संहीता अनुसार पुरुषले पनि संबन्ध बिच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढदै गएको हो ।अदालतको तथ्याङ्ग हेर्ने हो भने प्रत्येक वर्ष संबन्ध विच्छेद्का घटना बृद्धी हुदै गएका छन् ।

अदालत अनुसार गत आव २०७८÷०७९ मा कुल ५ सय १२ सम्बन्ध बिच्छेदका मुद्दााको लगत थियो । त्यस मध्ये ३ सय ७८ फर्छौट भई १ सय ३४ अर्को बर्षकालागि जिम्मेवारी सरेको छ ।

अदालतमा दैनिक एक दुई जना संबन्ध बिच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएकोछ । महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालत सम्म पुग्ने गरेका छन्् । अधिकान्सको संबन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेकोछ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्र्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा संबन्ध प्रगाढ नहुदै टुटने गरेको हो ।

अधिकांस प्रेम विवाह गरेकाहरु नै संबन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ ।संबन्ध विच्छेद्कालागि बढी महिला आउने गरेका छन् । तर नया मुलुकी संहीता लागु भए पछि पुरुषहरुले पनि संबन्ध बिच्छेदको मुद्दा दिने बढेका छन ।

श्रीमान रोजगारीकालागि विदेशीन्छिन् अदालतका श्रैस्तेदार सुमन पाण्डेयले भने उनीहरुले पठाएको रेमिटान्स् जथाभावी खर्च गरेर तडकभडक देखाउदै दुरुपयोग गरेका कारण पनि संबन्ध विच्छेद बढदै गएको छ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि संबन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातिय प्रेम विवाह पनि संबन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय