२०७९ श्रावण २९, आईतवार १२:००

गुल्मी,(नारायण पान्डे)    -गुल्मीको रेसुङगा नगरपालिकाले घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रमअनुसार नागरिकको घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमा गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घरमा गई गर्ने अभियान सञ्चालन गरेको मरासिनीले बताउनुभयो । नगरपालिकाबाट प्रदान गर्ने सेवामध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको उहाँको भनाइ छ । अन्य सेवालाई पनि यसैगरी अभियानकै रुपमा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज, सरल रुपमा सेवा प्रदान गर्न र स्थानीय सरकारको अनुभूति प्रदान गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको उहाँको भनाइ छ । अहिलकोे अवस्थामा जनतालाई बिना झन्झट, सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हो उहाँले भन्नुभयो । अभियान जारी राख्ने पन्थीले बताउनुभयो ।

नगरपालिकाले उच्च शिक्षा (प्लस टु) मा ३.२ प्रतिशतभन्दा माथि ल्याएर नगरभित्र अध्ययन गर्ने बिद्यार्थीलाई मासिक चार हजार रुपियाँको दरले सहयोग प्रदान गर्ने निर्णय पनि नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय