बर्दिया
राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा सामान्यस् बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । पथप्रदर्शक अनुराम चौधरीले भने, ‘यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ ।
बाघ देख्दा उनीहरू खुसी हुन्छन् ।’बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको बताइन्छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् ।
२०७९ श्रावण ३१, मंगलवार १२:४५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech