कपिलवस्तु- जिल्लाका गाउ देखि शहरमा झोले डाक्टरले गैर कानुनीरुपमा खुलेयामा औषधी पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला मौन बसेको स्थानियले आरोप लगाएका छन। अनुगमन, निरीक्षणमा चासो नदिईदा अबैध औषधी पसल खुल्ने क्रम बढदै गएको छ । अनुगमन गर्ने निकाय मौन बस्दा यहाँ ग्रामीण भेग देखि शहर बजारमा गैर कानूनी औषधी पसलको संख्या दिननुदिन बढदै गएको हो ।
जन गुनासो बढे पछि अनुगमन गर्दै प्रशासन
जन गुनासो बढे पछि प्रशासन कार्यालयले अनुगनलाई तीब्रता दिएको जनाएको छ । गत साता सहायक प्रजिअ अनिल पौडेलको अगुवाईमा महराजगंज नगरपालिका २ वटा मेडीकल स्टोरमा अनुमगन गरिएको थियो । सोक्रममा आवश्यक कागजातहरु नभेटिए पछि वडा नम्बर १० बिजगौरीको पबित्र बिश्वास मेडीकल स्टोर र महराजगंज नगरपालिका वडा नम्बर १ स्थित नानीमाया आचार्य मेडिकल स्टोरलाई पसल बन्द गरी हाजिर हुन निर्देशन गरिएको पौडेलले बताए ।
उता प्रअिज धर्मेन्द्र कुमार मिश्रको अगुवाईमा महराजगंज र शिवराज नगरपालिकाका गरी ८ वटा मेडीकल स्टोरमा अनुमन गरिएको थियो । अनुगमनकाक्रममा शिवराज नगरपालिकाको थुन्हिया चोकमा बिकास बिश्वास नामक बंगाली डाक्टरले संचालन गरको मेडीकल स्टोरमा ईजाजत बिना संचालन गरेको भेटियो । बिश्वासले आफु भारतको कलकत्ताको भएको र कक्षा १० सम्म पढेको बताएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए ।
महराजगंज नगरपालिकामा रहेको अपना स्वाथ्य क्लिनिकका संचालक भने अनुगमन टोलीलाइए देखेर भागेका थिए । सो क्लिनिकमा टिटिको भ्याक्सिन बाहिर अलपत्र अवस्थमा राखिएको थियो । यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ स्थित राहुल श्रीवास्तवले नाम समेत नभएको क्लिनिक संचालन गरेर बसेका थिए ।
यस्तै शिवराज नगरपालिका ८ खैरेन्द्रपुरमा जितु श्रीवास्तवले नाम नभएको स्वास्थय क्लिनिक संचालन गरेका थिए । अनुगमन टोलीलाई देखे पछि उनी त्यहाबाट गायब भएका थिए । टोलीले महाराजगंजको सिफा फार्मेसी, महाराजगंज प्याथोलोजी, रन्जु फार्मेसी लागयतको अनुगमन गरेका थियो । ‘ उनले अनुगमनलाई निरन्तरात दिने बताए ।
अनुगमन टोलीमा प्रहरी उपरिक्ष प्रेम बहादुर बस्नेत, सशस्त्र प्हरी उपरिक्षक सुर्य बहादुर सेन ओली, राष्ट्रिय अनुसंधान कार्यालयका प्रमुख योगेन्द्र केसी, स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए ।