२०७९ भाद्र ६, सोमबार १२:४८

बुटवल ।
बुटवलका एक होटल व्यवसयाी मृत अवस्थामा फेला परेका छन् । बुटवल–६ ट्राफिकचोकमा अवस्थित होटल गुल्मी रामपुरका सञ्चालक ४२ वर्षीय केशव प्रसाद श्रेष्ठ विहिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भई बुटवलमा व्यवसाय गरी बस्दै आएका श्रेष्ठ आफ्नै होटलको कोठा नम्बर ६०१ मा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटना बारे थप अनुसन्धानका लागि पोस्टमार्टम गरी अध्ययनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय