२०७९ भाद्र ७, मंगलवार १५:५१

नारायण पान्डे कपिलबस्तु, भदौ ७

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नंं. ८ धनेशपुरमा सुन्दर पार्क एवं बुद्ध मुर्ति सहितको बगैचा निमार्णका निम्ती आज विभिन्न फलफुलका विरुवाहरु बृक्षारोपण गरिएको छ । धनेशपुर स्थित सार्वजनिक तथा नदि उकास क्षेत्रमा रहेको करिब २२ विगहा जग्गाक्षेत्र भित्र विभिन्न जातका फलफुलका विरुवाहरु लगाइएको हो । बृक्षारोपण कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले प्रमुख अतिथीको रुपमा बोल्दै यस जग्गालाई धेरै सघर्षका बाबजुद यहाका स्थानीय बासिन्दाले संरक्षण गर्न सफल भएको बताउदै उदाहरणीय कार्य गरेको बताउनुभयो । यस्ता सर्वाजनिक जग्गा नगरको पनि अमुल्य सम्पती रहेको बताउदै सुन्दर हराभरा बनाउन सके यस ठाउबाट नगरको आयस्रोत तथा गरिमा समेत बढ्ने बताउनु भयो ।

यस्तै नगर उपप्रमुख रिताकुमारी थारुले बृक्षारोपणले नदि कटानलाई रोक्नुका साथै वातावरण पनि स्वच्छ हुने बताउदै लगाइएका बोट विरुवाको संरक्षण हुन आवश्यक रहेकोमा जोड दिनुभयो । यस क्षेत्रको विकासका लागि नगरबाट समेत सक्दोपहल गरिने बताउनुभयो । यसैगरी कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले यस जग्गाको सर्वाजनिक रुपमा उपयोग गर्न सके यहाका स्थानीय समेत लाभान्वित हुने बताउनुभयो ।

वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले यस क्षेत्रमा खानेपानी आयोजना निमार्ण भईसकेको बताउदै नमुना योग्य बगैचा, बुद्धमुर्ति सहितको पार्क निमार्ण गर्ने योजना अनुरुप यस ठाउको विकासका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा बाणगंगा नगरकार्यापालिका सदस्य एवं सार्वजनिक तथा नदि उकास जग्गा संरक्षण समितीका उपाध्यक्ष डिलबहादुर खातीले स्वागत मन्तव्य राख्दै उक्त जग्गाको एतिहासिक पृष्टभुमि, जग्गाको बस्तुस्थिती बारे प्रकास पार्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ कपिलबस्तुका पुर्व अध्यक्ष भेषराज पाण्डे लगाएत सामुदायिक बन अध्यक्ष तथा प्रतिनीधि, खानेपानी आयोजनाका अध्यक्ष तथा प्रतिनिधी, स्थानीय समाजसेवी, महिला समुहका सदस्य लागएतको सहभागितामा बृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय