भैरहवा, भदौ ।
वर्षौ देखि प्रयोग विहीन बनेको लुम्बिनीको विद्युतीय बस दसैँ अघि नै सञ्चालन हुने भएको छ । लुम्बिनी विकास कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदल प्रतिवेदन कार्यविधि हस्तान्तरण गर्दै बस सञ्चालन गर्ने जनाएको छ ।
कार्यदलका संयोजक एवं लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सहितको टोलीले कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालन सम्बन्धी प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएको हो ।
करिब तीन वर्षदेखि लुम्बिनी विकास कोषलाई एसियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजु शाक्य रहेको तीन सदस्यीय टोली गठन गरिएको थियो । लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समय सीमा भित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको संयोजक एवं कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्य योजना, आर्थिक प्रक्षेपण, अत्
यावश्यक सिफारिसहरू र कार्यविधि मस्यौदा सहितको दुई वटा दस्ताबेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा इ–भ्यान सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२०७९ भाद्र १४, मंगलवार १४:३७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech