२०७९ भाद्र १४, मंगलवार १४:४८

,गुल्मी
गुल्मीलाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको छ। १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको हो।

३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ।

जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरू पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। खोप कार्यक्रमले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज इन्सेफलाइटिस नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस–बी नियन्त्रणका साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालयका जनस्वाथ्य निरीक्षक बोम अर्यालले जानकारी दिए। जिल्लामा ३३२ खोप केन्द्र छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय