भदौ १४, काठमाण्डौ –
रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।
चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।