भाद्र १५ नारायण पान्डे कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कपिलवस्तुमा लोकप्रियता बढेको नेताहरुले दाबी गरेका छन् । कपिलवस्तुमा पालिका चुनाव २०७९ मा प्राप्त मत राम्रो देखिएको भन्दै नेताहरुले राप्रपाप्रति जनताको आस्था बढ्ेको दाबी गरेका हुन् । ठुला दलका उम्मेदवारले सत्ता, शक्ति र व्यापक पैसाको चलखेल र किनबेच गरेको राप्रपाका नेताहरुले आरोप लगाएका छन् ।
यस्तो परिस्थितिमा पनि राप्रपाका उम्मेदवारले आफनो सशक्त उपस्थिति देखाएको र विजयबाट राप्रपाको लोकप्रिय बढेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । प्रमुख अतिथीको आसनबाट बोल्दै उहाँले एस्तो बताउनुभएको हो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका १० पालिकाका मध्ये राप्रपाले शिवराज नगरपालिकामा मेयर र कृष्णनगर नगरपालिकामा एक वडाध्यक्षसहित ६ वडा सदस्यमा जित हासिल गरेको छ ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको बैठक सम्पन्न भएको छ । बैठकले प्रतक्ष तर्फ प्रतिनिधीसभामा ६ जनाको नाम सिफारिस गरेको छ । भने समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरीएको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कपिलवस्तुको प्रदेश सभा क का लागी ६ जना तथा ख का लागी ४ जनाको नाम सिफारीस गरीएको छ ।
यसैबिच कार्यक्रममा पार्टी भित्रको अनुसासन र सिफारीस सम्बन्धमा बिशेष छलफल भएको थियो । देवेन्द्र श्रिवास्तवको बिषिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाणगंगा नगरका प्रवक्ता भिमराज शाहीले गर्नुभएको थियो ।