२०७९ भाद्र १५, बुधबार ११:४६

नारायण पान्डे कपिलवस्तु भाद्र १५।
कपिलवस्तुमा हुने खानेलाई एक महिना अघिदेखि नै तीज लागेपनि बाणगंगा नदी किनारमा बस्दै आएका गरिब र विपन्न परिवारको बस्तीमा भने तीजको खासै रौनक छैन । बाणगंगा नदीमा मजदुरी गरी जिविकोपार्जन गदैं आएका उनीहरुलाई गरिबि र विपन्नताकै कारण तिजले खासै छुन नसकेको हो ।

त्यति मात्र होइन, हुनेखानेहरु तीज आउनु महिना दिन अघिदेखि नै नयाँ लुगा र गरगहनामा शहरका होटल, पार्टीप्यालेसमा दर खान व्यस्त बने । तर, ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बाणगँगा नदि किनारका सयभन्दा बढी परिवारका सदस्यमा भने तीजको कुनै रौनक छैन ।

तर, पनि नेपाली हिन्दु महिलाहरुको ठुलो चाड हरितालीका तिज भएकाले आपसका जम्मा भई जेनतेन परम्परागत धान्नकै लागी तिज मनाएको उनीहरुको भनाइ छ । विगतमा तिज भन्ने वितिकै दिदी बहिनी इष्टमित्र विच भेटघाट मात्र नभइ चेलीका शुखदुख साटासाट गर्ने माध्यमका रुपमा लिइन्थ्यो । ऋण गरेर हुँदा खाने वर्गका महिलालाई भने तीज पर्वमा एक छाक मीठो दर खान पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय