पार्वती पाण्डे कपिलवस्तु ।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २ , प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । आज मदन आश्रित तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता , विदेश विभाग प्रमुख निर्मल विश्वकर्मा , जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरि प्रदेश क्षेत्र २ को क मा गंगेस तिवारी ,दिनेश बन्जाडे , नवराज लामिछाने, माबुद खाँ , माथुराम न्यौपाने , शिव गैरे ,दिनेश कुमार चौबे , मिनराज बेल्बासे ,रुपेश श्रेष्ठ , टिका उपाध्याय , टेकराज पौडेल , धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र २ को ख का लागि बाबुराम खनाल , धर्मवहादुर लालश्रीवास्तव , खुम आचार्य , रामउजागिर चौधरीको नाम सिफारिस भएको छ । उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज वृजेश कुमार गुप्ताले पाटीले गरेको उमेदवारको निर्णयलाई कार्यान्वयन गर्दै चुनाबमा होमीन सबै कार्यकर्तालाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य , कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले नेता पुर्व मन्त्री दानवहादुर चौधरीले देश अस्त ब्यस्त भएको भन्दै मुलुकको लागि एमालेको सरकार आवश्यक रहेको जिकिर गर्नु भयो । बिबादरहित उम्मेदवार छनौट गरि निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो । वैठकमा एमालेका जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बोल्दै जिल्लाबाट केन्द्रमा पठाउने बेला सम्म एक ÷एक जनाको नाम सर्वसम्मत रुपमा पठाउन कोशिस गर्ने बताउनु भयो ।
निर्वाचन क्षेत्र नं २ समन्वय कमिटिका संयोजक शुसिला दर्लामीको अध्यक्षता , नरहरी आचार्यको सञ्चालन , किरण देबकोटाको स्वागत मन्तव्यमा संयुक्त वैठक भएको थियो । वैठकमा कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा एमालेका केन्द्रीय तथा प्रदेश कमिटिका सबै नेताहरुको उपस्थिती रहेको जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेले जानकारी दिनु भयो ।
२०७९ भाद्र २०, सोमबार १२:११
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech