२०७९ भाद्र १८, शनिबार १०:१२

लुम्बिनी, दाङ र बर्दिया —
डेंगुका बिरामी दिनप्रतिदिन बढिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताउनुभएका छ । उनले अस्पतालमा भर्ना हुनेमध्ये ४० प्रतिशत डेंगुका बिरामी रहने गरेको बताए । उनका अनुसार पुराना टायर, पोखरी, तलाउ, घरका एसी, कुलरजस्ता पानीका स्रोतमा पानी जमुन्जेल लामखुट्टेको बास रहिरहने गर्छ । घाम लागेर ती सबै स्थानमा पानी जम्न छोडेपछि मात्र डेंगुको अहिलेको अनुपात घट्ने उनी बताउँछन् । उनले हाल अस्पतालमा डेंगुका बिरामीले पर्याप्त बेड तथा आईसीयू सुविधा पाउन नसकेको बताए ।

भैरहवाको भीम अस्पतालमा पनि डेंगु भएर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेको डा. सिद्धार्थ पाण्डेले बताए । अहिले खचाखच नभए पनि दैनिक पाँच÷सात जनाका दरले एउटै रोगका बिरामी आउनु राम्रो संकेत नभएको उनले बताए ।
सुख्खा मौसम आएपछि यो रोग कम हुँदै जाने उनले बताए । अत्यधिक बिरामीको चाप हुने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा डेंगु लागेरै भर्ना हुने बिरामीको संख्या प्रतिदिन १० जनासम्म रहेको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनले भर्ना गरेर उपचार भइरहेका बिरामी दैनिक पाँच जना रहेको जानकारी दिए । सिजनेबल रोग डेंगु वर्षायाममा हरेक वर्ष यसरी नै देखा पर्ने गरेको उनले बताए ।

उता केहीमा दिनयता पाल्पामा डेंगु संक्रमण बढेको छ । पछिल्लो सात महिनामा डेंगुका ४५ जना बिरामी देखिएका छन् । यहाँका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आउनेमा पनि डेंगु संक्रमण उत्तिकै देखिएको छ । तर यसका लागि आवश्यक किट भने सेवाग्राहीले निःशुल्क पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय