तिलोत्तमा —
नेपाली कांग्रेसले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवार सिफारिस गरेको छ । बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय बैठकले संघीय खाँणलाई प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका रुपमा सिफारिस गरेको हो । खाँण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए ।
गृहमन्त्री खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला भएकाले पनि राजनीतिक वृत्तमा रुपन्देही चर्चामा छ । रुपन्देही–२ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उपाध्यक्ष पौडेल निर्वाचित भएका थिए ।