२०७९ भाद्र १८, शनिबार १०:२५

कपिलवस्तु
कपिलवस्तुको सबै भन्दा ठुलो सिंचाई आयोजना बाणंगा सिचाई आयोजनाको मर्मत र निर्माणको ठेक्का लिएका रुपन्देहीको पंगेनी निर्माण सेवाले मजदुरहरुको ज्याला र अन्य खर्च नदिई संपर्क बिहीन भएका छन । सिद्धार्थ नगरपालिका – ९ बेलहिया स्थित पंगेनी निर्माण सेवाका ठेकेदार सानु गैरेले मजुदुरहरुको ज्याला सामाग्री ढुवानी र राशनपानीको लागेको खर्च नदिई फरार भएका हुन । बाणगंगा सिचाई ब्यवस्थापन कार्यालय अन्र्गत आर्थिक बर्ष २०७८-०७९ मा सो ठेकेदार कम्पनीले बाणगंगा सिचाई शाखा उप शाखा माईनर क्यानलको केही ठाउमा पक्की नाली निर्माण तथा मर्मत कार्यकालागि काम पाएका थिए ।

गत चैत बैशाखमा सो काम संपन्न भएको थियो । सो ठेकेदार कम्पनीले मिस्त्री मजदुरको ज्याला र राशन पानी ब्यवस्थापन गर्न बर्दियाका बावुराम चौधरीलाई खटाएको थियो । ठेकेदार संपर्कबिहीन भए पछि आफुहरुले अहिले सम्म ज्यला र मजदुरी बापतको कुल रकम २ लाख ७ हजार नपाएको भन्दै उनीहरुले प्रशासन कार्यालयमा उजुरी दिएका छन । १६ जना पीडीतहरुले प्रशासनमा सो रकम ठेकदारबाट असुल गराई दिन उजुरी गरेका हुन । ढुवानी भाडा, रासन पानी र मिस्त्री र लेबर वापतको रकम कुल २ लाख ७ हजार ठेकेदारले नदिई संपर्कबिहीन बनेको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का जगदीश प्रसाद यादवले बताए । आफुले निर्माण सामाग्री ढुवानी गरे वापत पाउनु पर्ने रकम ६२ हजार ५ सय रुपैया अझै सम्म नपाएको उनले बताए ।

यस बारेमा प्रजिअ धर्मेन्द्र कुमार मिश्र र बाणगंगा सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख कोपिला श्रेष्ठलाई पटक पटक ध्यानाकष्र्ण गराएका उनले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का ज्वाला प्रसाद कोहारले आफुले ढेड महिना मजदुरी गरे वापतको १८ हजार रुपैया अझै सम्म नपाएको दुःखेसो पोखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय